काठमाडौं । सल्यानमा चट्याङ लागेर तीन जना घाइते भएका छन् ।
सल्यानका कपुरकोट गाउँपालिका– ४ धनवाङ स्थित थापा टोलमा चट्याङ लागेर ६६ वर्षीय आशाराम थापा, उनकी श्रीमती ६५ वर्षीया गंगी थापा र १२ वर्षीय नाती दिनेश थापा घाइते भएको प्रहरीले जनाएको छ ।
आज बिहीबार बिहान घरमै सुतिरहेको समयमा उनीहरूलाई चट्याङले लागेर घाइते बनाएको प्रहरी चौकी कपुरकोटले जनाएको छ ।यसैगरी, चट्याङ लागेर एउटा गोरु र १४ वटा कुखुरा पनि मरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ बैशाख २०७९, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु
चट्याङ लागेर एक महिलाको मृत्यु
रौतहटमा चट्याङ लागेर वृद्धको मृत्यु
चट्याङ लागेर कैलालीमा एक जनाको मृत्यु
झापामा चट्याङ लागेर २ जना घाइते
चट्याङ लागेर चितवनमा एकजनाको मृत्यु