कंगो । उत्तरपूर्वी कंगोमा संदिग्ध जिहादीले गरेको हमलामा कम्तीमा २६ जनाको मृत्यु भएको स्थानीय रेडक्रसले जनाएको छ । इटुरी प्रान्तको इरूम क्षेत्रमा संदिग्ध जिहादीले आइतवार र सोमबार गरेका हमलामा उनीहरूको मृत्यु भएको हो ।
देशको कुख्यात सशस्त्र समूह एलाइड डेमोक्रेटिक फोर्सेस (एडीएफ) का विद्रोहीहरूले प्रान्तीय राजधानी बुनियाबाट ७५ किलोमिटर दक्षिणमा रहेको कोमान्डा वरपरका दुईवटा गाउँहरूमा हमला गरेकोे रेडक्रसका प्रमुख डेभिड बेइजाले बताए ।
विद्रोहीको हमलामा मुङ्सुमा १७ जना र शौरी मोया गाउँमा ९ जनाको मृत्यु भएको प्राप्त विवरणहरूमा जनाइएको छ । ो आक्रमणकारीहरूले इतुरी नदीको पुललाई निशाना बनाएर हमला गरेका थिए । -एजेन्सी

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २९ चैत्र २०७८, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कंगोमा इबोलाको प्रकोप: विश्व स्वास्थ्य संगठनद्वारा आपतकाल घोषणा
कंगोमा इबोला भाइरसका कारण ८० जनाको मृत्यु, डब्लुएचओले घोषणा गर्यो विश्व स्वास्थ्य संकटकाल
कंगोमा खानी भत्किँदा दुई सय भन्दा बढीको मृत्यु
कंगोमा डुंगा दुर्घटनामा १०० भन्दा बढीको मृत्यु, १४६ बेपत्ता