कंगोमा विद्रोहीको हमलामा कम्तीमा २६ जनाको मृत्यु

एजेन्सी

मंगलबार, २९ चैत्र २०७८, १३ : ५८
कंगोमा विद्रोहीको हमलामा कम्तीमा २६ जनाको मृत्यु

कंगो । उत्तरपूर्वी कंगोमा संदिग्ध जिहादीले गरेको हमलामा कम्तीमा २६ जनाको मृत्यु भएको स्थानीय रेडक्रसले जनाएको छ । इटुरी प्रान्तको इरूम क्षेत्रमा संदिग्ध जिहादीले आइतवार र सोमबार गरेका हमलामा उनीहरूको मृत्यु भएको हो ।

देशको कुख्यात सशस्त्र समूह एलाइड डेमोक्रेटिक फोर्सेस (एडीएफ) का विद्रोहीहरूले प्रान्तीय राजधानी बुनियाबाट ७५ किलोमिटर दक्षिणमा रहेको कोमान्डा वरपरका दुईवटा गाउँहरूमा हमला गरेकोे रेडक्रसका प्रमुख डेभिड बेइजाले बताए ।  

विद्रोहीको हमलामा मुङ्सुमा १७ जना र शौरी मोया गाउँमा ९ जनाको मृत्यु भएको प्राप्त विवरणहरूमा जनाइएको छ । ो आक्रमणकारीहरूले इतुरी नदीको पुललाई निशाना बनाएर हमला गरेका थिए । -एजेन्सी

प्रतिक्रिया दिनुहोस