एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा विद्रोही लडाकू समूहको कब्जामा रहेको एक खानीमा ‘विशाल’ पहिरो गएको सरकारले आइतबार जनाएको छ । प्रारम्भिक जानकारी अनुसार पहिरोमा परी कम्तिमा दुई सय जनाको मृत्यु भएको आशङ्का गरिएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।
सन् २०२१ मा एम–२३ भनिने स्रोत–समृद्ध पूर्वको विशाल भूभाग कब्जा गरेको एक सशस्त्र समूहले सन् २०२४ अप्रिलमा रुवान्डाको सहयोगमा उत्तरी किभु प्रान्तको रुबाया खानी कब्जा गरेको थियो।
राजधानीबाट निकै टाढा रहेको खानी नजिकै रहेको सुरक्षा निकायका अनुसार पहाडको एक भाग बुधबार दिउँसो भत्किएको र त्यहाँको अर्को भागमा बिहीबार बिहान दोस्रो पहिरो गएको थियो ।
एम–२३ का गभर्नर इरास्टन बाहाटी मुसाङ्गाले भनेका छन्, “पहिरोमा परी कम्तिमा दुई सय जनाको मृत्यु भएको आशङ्का गरिएको छ।”
त्यहाँ धेरै दिनदेखि फोन नेटवर्क बन्द भएको छ। कङ्गोका अधिकारी र नागरिक समाज समूहहरू एम–२३ लडाकू समूह घटनास्थलमाम आइपुगेपछि क्षेत्र छोडेर भागेका थिए ।
रुबाया खानीले ल्यापटप र मोबाइल फोन जस्ता इलेक्ट्रोनिक्सको उत्पादनको एक प्रमुख स्रोत कोल्टनको विश्वव्यापी आपूर्तिको १५ देखि ३० प्रतिशत उत्पादन गर्दछ ।
विज्ञहरूको अनुमान अनुसार एम–२३ ले कोल्टनको उत्पादन र बिक्रीबाट प्रति किलो सात डलर कर लिने गरेको छ र खानिबाट प्रति महिना लगभग आठ लाख अमेरिकी डलर कमाउँछ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ माघ २०८२, ०६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कंगोमा इबोलाको प्रकोप: विश्व स्वास्थ्य संगठनद्वारा आपतकाल घोषणा
कंगोमा इबोला भाइरसका कारण ८० जनाको मृत्यु, डब्लुएचओले घोषणा गर्यो विश्व स्वास्थ्य संकटकाल
कंगोमा डुंगा दुर्घटनामा १०० भन्दा बढीको मृत्यु, १४६ बेपत्ता