पर्सा । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी पर्सामा नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । विशेषगरी भारतसँग सिमाना जोडिएको क्षेत्रमा भारतीय सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
विशेष गरी निर्वाचनमा सीमा क्षेत्रमा आपराधिक क्रियाकलाप हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए । सीमा क्षेत्रमा हातहतियार ओसारपसार र अवैध सामानको ओसारपसारसहित सबै प्रकारका आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने प्रहरीको मुख्य योजना छ ।
जिल्ला प्रहरी कार्यालय मातहातका सबै युनिटलाई आवश्यकतानुसार परिचालन गरी गाउँदेखि सहरसम्म सबै स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मातहतमा इलाका प्रहरी कार्यालय (क क्षेणी) तीन, इलाका प्रहरी कार्यालय (ख क्षेणी) सात, वडा प्रहरी दुई, सीमा प्रहरी चौकी तीन, प्रहरी चौकी २८ र अस्थायी प्रहरी पोष्ट १२ गरी कूल ७१ प्रहरी युनिट छन् । नेपाल प्रहरीतर्फ जिल्लाभरि कूल एक हजार १६७ दरबन्दी रहेको यस जिल्लामा हाल ९४३ प्रहरी कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ चैत्र २०७८, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीका चार एआईजीको पदस्थापन
प्रहरीले भन्यो– आईजीपीले राजीनामा दिने कुरा भएको छैन
प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान
६३ एसपीहरूको सरुवा (सूचीसहित)
७५ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)