मोरङका मतदानस्थलमा प्रशासन र सुरक्षा निकायको अनुगमन

सफल खबर संवाददाता

सोमबार, २८ चैत्र २०७८, ११ : २९
मोरङका मतदानस्थलमा  प्रशासन र सुरक्षा निकायको अनुगमन

काठमाडौँ । स्थानीय निर्वाचन मिति नजिकिँदै गर्दा मोरङ प्रशासन र सुरक्षा निकायले जिल्लाका मतदानस्थलको निरीक्षण तथा अनुगमन गरेको छ।मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको नेतृत्वमा रहेको टोली भारतसँगको सीमा क्षेत्रमा रहेकासहित जिल्लाका ३६ वटा मतदानस्थलको निरीक्षण गरेको हो।
निर्वाचनलाई लिएर मोरङका मतदानस्थललाई तीन भागमा विभाजन गरिएको छ। 

मतदानस्थललाई घेराबार नगरिएको खण्डमा सुधार गर्न स्थानीय पालिकामार्फत काम अघि बढाइने छ। मतदातालाई भयरहित वातावरणमा मताधिकार प्रयोग गर्ने अवस्था बनाउन सुरक्षा निकाय तयार रहेको छ । 
जहँदा गाँउपालिकाका–१२, धनपालथान गाँउपालिकाका–१३, रंगेली नगरपालिका–८, विराटनगर महानगरपालिका–२ र कटहरी गाँउपालिका–१ म रहेका मतदानस्थलको स्थलगत निरीक्षण भएको हो ।

टोलीले यसअघि बूढीगंगा गाँउपालिका, ग्रामथान गाउँपालिका तथा सुन्दरहरैँचा नगरपालिकामा रहेका ३९ वटा मतदानस्थलको अनुगमन गरेको थियो। हालसम्म जिल्लाका ७५ वटा मतदानस्थलको अनुगमन भइसकेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

मोरङमा ३ सय मतदानस्थल र ८ सय २० वटा मतदान केन्द्र छन्। त्यसैगरि जिल्लामा ७ लाख १५ हजार २ सय २३ जना कुल मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मोरङले जनाएको छ, जसमा महिलाको संख्या ३ लाख ५१ हजार ७ सय ६९, पुरुष ३ लाख ६३ हजार ४ सय ४८ र अन्यमा ६ जना रहेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस