एकैपटक ६७३ जना प्रहरी निरीक्षकको सरुवा

सफल खबर संवाददाता

शुक्रबार, २५ चैत्र २०७८, १४ : ५५
एकैपटक ६७३ जना प्रहरी निरीक्षकको सरुवा

काठमाडौं । एकैपटक ६७३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक शैलेस थापाको बिहीबारको निर्णय अनुसार ६७३ जना इन्सपेक्टरको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले जनाएको छ ।

विभागका अनुसार २०६९ साल वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस