प्रहरी निरीक्षक र सहायक निरीक्षकमा नयाँ भर्ना खुल्यो

सफल खबर संवाददाता

शुक्रबार, २६ मंसिर २०८२, ०७ : ४२
प्रहरी निरीक्षक र सहायक निरीक्षकमा नयाँ भर्ना खुल्यो

काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी  निरीक्षक र सहायक निरीक्षक पदमा नयाँ भर्ना खुलेको छ । 

आज एक सूचना जारी गर्दै प्रहरी  निरीक्षकमा २१ र सहायक निरीक्षकमा ४३८ जनाको लागि आवेदन आह्वान गरिएको हो । 

योग्यता पुगेका नागरिकले प्रहरी  निरीक्षकमा माग ५ गतेसम्म र सहायक निरीक्षकमा माघ ८ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस