काठमाडौं । दार्चुलामा विद्यालय तथा स्वास्थ्य चौकी भवन र धादिङमा सिँचाइ परियोजनाको निर्माणका लागि भारत सरकारले ७ करोड ८ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
जनविकास माध्यमिक विद्यालय, इरकोट स्वास्थ्य चौकी भवन र महेशफाँट सिँचाइ परियोजनाको निर्माणका लागि सो सहयोग गर्ने भएको हो । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै क्रमशः दुहुँ गाउँपालिका दार्चुला, नौगाड गाउँपालिका दार्चुला र गल्छी गाउँपालिका, धादिङ्काबीच तीनवटा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
भारत–नेपाल विकास सहकार्य अन्तर्गत निर्माण हुन लागेका माथि उल्लिखित सामुदायिक विकास परियोजनाहरुको कूल अनुमानित लागत नेरु. ७ करोड ८ लाख रहेको छ । ३ करोड ३७ लाख लागतमा जनविकास माध्यमिक विद्यालय, २ करोड ५३ लाख लागतमा इरकोट स्वास्थ्य चौकी भवन र १ करोड १७ लाख लागतमा महेशफाँट सिँचाई परियोजनाको निर्माण गरिनेछ ।
यी परियोजनाहरुको निर्माणले स्थानीय बासिन्दाहरुलाई राम्रो शिक्षा र राम्रो स्वास्थ्य सेवा सुविधा प्रदान गर्नुका साथै कृषि र बाली उत्पादन बढाउन स्थानीय किसानहरुलाई मद्दत गर्ने विश्वास भारतीय दूतावासले लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ चैत्र २०७८, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?