चितवन । अबको निर्वाचनमा महिलालाई धेरै ठाउँमा पालिका प्रमुख र मेयर बनाउने विचार रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बताएका छन् । भरतपुर महानगरमा मेयर रेनु दाहालल गरेको विकास र केन्द्रमा मन्त्री शशी श्रेष्ठ र पम्फा भुसालले गरेको काम देखेर आफु खुसी भएको बताए ।
महिलाले काम गर्दा जालझेल, षड्यन्त्र कम हुने रहेछ भन्ने प्रमाणित भएको पनि उनको भनाई थियो । प्रचण्डले भरतपुर महानगरमा मेयर रेनु दाहालले गरेको विकासले आफ्नो परिचय फेरिएको पनि बताए । चितवनको भरतपुर महानगरपालिकामा २ आँपटाडीमा भूमिहीन दलितहरूलाई लालपुर्जा वितरण कार्यक्रममा बोल्दै प्रचण्डले ०७४ को निर्वाचनमा रेनुको परिचय आफ्नो छोरीका रूपमा रहेको र अहिले आफूलाई ‘रेनुको बुवा’को रुपमा चिनाउन र चिनिन थालिएको बताए ।
प्रचण्डले महिलाले धेरै गर्न सक्छन् भन्ने देखिएको समेत बताए । उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राम्रो काम गरेर देखाएको उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
बुधबार, २३ चैत्र २०७८, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?