चितवन । अबको निर्वाचनमा महिलालाई धेरै ठाउँमा पालिका प्रमुख र मेयर बनाउने विचार रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बताएका छन् । भरतपुर महानगरमा मेयर रेनु दाहालल गरेको विकास र केन्द्रमा मन्त्री शशी श्रेष्ठ र पम्फा भुसालले गरेको काम देखेर आफु खुसी भएको बताए ।
महिलाले काम गर्दा जालझेल, षड्यन्त्र कम हुने रहेछ भन्ने प्रमाणित भएको पनि उनको भनाई थियो । प्रचण्डले भरतपुर महानगरमा मेयर रेनु दाहालले गरेको विकासले आफ्नो परिचय फेरिएको पनि बताए । चितवनको भरतपुर महानगरपालिकामा २ आँपटाडीमा भूमिहीन दलितहरूलाई लालपुर्जा वितरण कार्यक्रममा बोल्दै प्रचण्डले ०७४ को निर्वाचनमा रेनुको परिचय आफ्नो छोरीका रूपमा रहेको र अहिले आफूलाई ‘रेनुको बुवा’को रुपमा चिनाउन र चिनिन थालिएको बताए ।
प्रचण्डले महिलाले धेरै गर्न सक्छन् भन्ने देखिएको समेत बताए । उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राम्रो काम गरेर देखाएको उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
बुधबार, २३ चैत्र २०७८, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डको सुझाव : 'संविधान र संसदीय प्रक्रियाबाट निकास खोजौ'
जेनजी आन्दोलन विस्फोटक बन्नु सरकारको कुशासन र दमनको परिणाम : प्रचण्ड
चितवनमा प्रचण्डको घर जलाइयो
जेनजी युवाहरूको माग तत्काल पुरा गर्न सरकारसँग प्रचण्डको माग
प्रचण्डको पोस्टमा बालेनको कमेन्ट : 'एकादेशमा टिकटक पनि बन्द भएको थियो'
‘माओवादीप्रति जनताको आशा, भरोसा र साथ छ’: प्रचण्ड