पेरिस । फ्रान्समा कोरोनाभाइरसबाट दैनिक झण्डै दुई लाख सङ्क्रमित हुने गरेका छन् । नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्ने दिन नजिकिँदै गरेका बेला दैनिक सङ्क्रमितहरूको सङ्ख्या दुई लाखभन्दा बढी पुगेको हो । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा दुई लाख तीन हजार २१ जना सङ्क्रमित भएका छन् ।
फ्रान्समा आगामी आइतबार नयाँ राष्ट्रपति चयनका लागि मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।स्वास्थ्य अधिकारीहरूका अनुसार फ्रान्समा अहिले दुई लाख तीन हजार १० जना सङ्क्रमितहरू अस्पतालमै रहेका छन् । ती मध्ये एक हजार ५५२ जनाको सघन कक्षमा उपचार भइरहेको छ ।
त्यसैगरी पछिल्लो एक दिनमा फ्रान्समा कोरोनाभाइरसका कारण कम्तीमा १४० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । यही मार्च २५ देखि ३१ सम्मको दैनिक सङ्क्रमितहरूको सङ्ख्याका आधारमा हेर्दा औसतमा एक लाख ३९ हजार ९६७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
फ्रान्समा रहेका व्यक्ति मध्ये ८०.९ प्रतिशतले कोरोनाभाइरस विरुद्ध कम्तीमा एउटा खोप लगाएका छन् । कुल जनसङ्ख्याको ७९.५ प्रतिशतले पूर्ण खोप लगाएका छन् । -सिन्ह्वा
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २३ चैत्र २०७८, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
फ्रान्समा दुई प्रहरीमाथि चक्कु प्रहार, रोक्न जाने वृद्धको ज्यान गयो
फ्रान्सका दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट
फ्रान्सको सरकार ३ महिनामै ढल्यो