नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार रोचक घिमिरेलाई

सफल खबर संवाददाता

बुधबार, २३ चैत्र २०७८, १२ : २२
नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार रोचक घिमिरेलाई

काठमाडौं। नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषले साहित्यिक पत्रकार रोचक घिमिरेलाई सम्मान गरेको छ ।राजधानीको पेन्सन वासना होटल डिल्लीबजारमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार नगेन्द्रराज शर्माले सम्मानपत्र, दोसल्ला र नगद २५ हजार राशिसहित घिमिरेलाई सम्मान गरेका थिए । 

कार्यक्रममा मन्तव्य राख्दै साहित्यकार श्रीओम श्रेष्ठ रोदनले साहित्यिक पत्रकारिता जगत्का रोचक घिमिरे र नगेन्द्रराज शर्मा आदरणीय र अनुकरणीय नाम हुन् भने । उनले भने, “हामीलाई चिनाउने कुनै प्रधानमन्त्री या मन्त्रीले होइन, हामीलाई चिनाउने भनेको ‘रचना’ र ‘अभिव्यक्ति’ले नै हो । २०२७ सालमा स्थापित भएको पत्रिका ‘अभिव्यक्ति’का सम्पादकको रहेका व्यक्तित्वको नाममा स्थापना भएको र २०१८ सालदेखि ‘रचना’ साहित्यिक पत्रिका प्रकाशन गर्दै आउने व्यक्तित्वलाई सम्मान गर्नु उहाँहरूले समाजमा देखाउनु भएको आदर्शको सम्मान हो ।”   

यसैगरी सो पुरस्कार छनोट समितिका अध्यक्ष रामप्रसाद पन्तले आम साहित्यिक पत्रकारहरूले उक्त पुरस्कार स्थापनाका लागि कोषको रमक प्रदान गरिरहनुभएको र यो पुरस्कार कोष स्थापनाका लागि कम्तीमा ५ लाख रुपियाँ आवश्यक पर्ने बताए । 

प्रतिक्रिया दिनुहोस