पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

सफल खबर संवाददाता

बुधबार, २३ चैत्र २०७८, ११ : ०९
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । 

नेपाल आयल निगमले गएरातिदेखि लागू हुनेगरी मूल्यवृद्धि गरेपछि क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्तिमार्फत सो माग गरेका हुन् । 

निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १६० रुपैयाँ प्रति लिटर, डिजेलमा प्रति लिटर ५ रुपैयाँ बढाएर १४३ रुपैयाँ र मट्टितेलमा पनि प्रति लिटर ५ रुपैयाँ बढाएर १४३ रुपैयाँ पु¥याएको छ ।  यस्तै खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ६ सय रुपैयाँ पु¥याएको छ ।