लोडसेडिङको प्रत्यक्ष मारमा ह्याचरी उद्योग

पत्रपत्रिकाबाट

बुधबार, २३ चैत्र २०७८, ०७ : ५६
लोडसेडिङको प्रत्यक्ष मारमा ह्याचरी उद्योग

काठमाडौं । उद्योगहरूमा बढेको अघोषित लोडसेडिङको प्रत्यक्ष मार कुखुराको चल्ला उत्पादन गर्ने ह्याचरी उद्योगहरूमा परेको छ। एकातिर अघोषित लोडसेडिङ अर्कोेतर्फ दिनदिनै पेट्रोलियम पदार्थमा बढ्दो मूल्यवृद्धिले कुखुराको चल्ला उत्पादनमा आधाभन्दा बढी गिरावट  आएको  सम्बन्धित  व्यवसायीहरूले गुनासो गरेका छन्। 

भरतपुरको  रामवागमा  अवस्थित  डीपी ह्याचरी उद्योगले सामान्य अवस्थामा हप्तामा ४० हजारसम्म अण्डाबाट कुखुराका चल्ला उत्पादन गर्न सक्ने क्षमता राख्छ। तर, अहिले यो ह्याचरीबाट हप्तामा पाँच हजार पनि चल्ला उत्पादन  गर्न  सकिएको  छैन।  ह्याचरीका सञ्चालक मुरारी सापकोटा अण्डा राखेदेखि चल्ला  निस्कने  बेलासम्म  चल्ला  कोरल्न आवश्यक तापक्रम दिन बिजुली वा जेनेरेटर आवश्यक पर्ने बताउँछन् ।

 “बिजुली त कतिखेर जाने आउने पत्तो हुँदैन। चल्ला राखेपछि जेनेरेटर चलाउनै प¥यो,” सापकोटाको गुनासो छ “यस्तो जटिल अवस्थामा ह्याचरी उद्योग कसरी नियमित सञ्चालन गरी राख्ने हो भन्ने चुनौती छ।”विद्युत् उत्पादनमा देखिएको जटिलताका कारण उद्योगहरूमा केही दिनदेखि लोडसेडिङको मार खेप्नुपरेको छ। दैनिक १४ घण्टासम्म उद्योगमा लाइन काटिँदा यसको प्रत्यक्ष प्रभाव ह्याचारी उद्योगमा परेको हो। गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस