काठमाडौं । चोरी अभियोगमा इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका एक अभियुक्तले हिरासतभित्रै आत्महत्या प्रयास गरेका छन् ।
तामाको तार चोरीको अभियोगमा बुटवलस्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका रुद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् । घाइते नेपालीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थानबाट तामाका तार चोरी भएको उजुरीका आधारमा प्रहरीले नेपालीलाई तामा बेच्दै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ।
शनिबार पक्राउ परेका नेपालीले सोमबार दिउँसो घाँटी रेटेर आत्महत्या गर्न खोजेको देखेपछि प्रहरीले उनलाई घाइते अवस्थामा अस्पताल पुयाएको थियो। गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २३ चैत्र २०७८, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा एउटै डोरीमा झुन्डिएर दिदीबहिनीले गरे आत्महत्या
सशस्त्रका जवानद्वारा हिरासतभित्रै आत्महत्या
लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै युवतीद्वारा आत्महत्याको प्रयास