थप ४३ जिल्लामा राष्ट्रिय भूमि अयोगको जिल्ला आयोग गठन

सफल खबर संवाददाता

शुक्रबार, १८ चैत्र २०७८, ११ : १७
थप ४३ जिल्लामा राष्ट्रिय भूमि अयोगको जिल्ला आयोग गठन

काठमाडौं  । राष्ट्रिय भूमि आयोगको थप ४३ जिल्लामा जिल्ला आयोग गठन गरिएको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ र आयोगका अध्यक्ष केशव निरौलाले नवनियुक्त जिल्ला अध्यक्षहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन  । 

उक्त अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले राष्ट्रिय भूमि आयोग गठनको उदेश्य एवं संविधानको भावना र मर्म अनुसार जतिसक्दो छिटो कामगर्न आयोगका नवनियुक्त अध्यक्षहरुलाई  निर्देशन दिईन ।मन्त्री श्रेष्ठले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने अहिलेको सरकारको मुख्य उदेश्य रहेको भन्दै आगामी दिनमा फेरी पनि आयोग गठन गरिरहनु पर्ने तथा भुमि सम्बन्धी विषयमा हात हालिरहनु पर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न आयोगका पदाधिकारी र नवनियुक्त अध्यक्षहरुलाई आग्रह गरीन् । 

उनले राखिएको लक्ष्य तथा उदेश्य पुरा गर्न व्यवहारमा नै देखिने र नागरिकले अनुभुती गर्ने गरी काम गर्न निर्देशन दिदै कुनै आग्रह पूर्वाग्रहविना सबै भूमिहिनले जग्गा प्राप्त गर्ने गरी कामगर्न सम्बद्ध सबै पक्षलाई आग्रह समेत गरीन्।मन्त्री श्रेष्ठले अबको कही दिनभित्रै सुकुम्बासीलाई लाालपूर्जा वितरणको काम शुरु गर्ने तयारी भइरहेको भन्दै अब छिट्टै सुकुम्बासीको हात हातमा लालपूर्जा पर्ने बताईन । 

सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलीयाले तोकीएको समय काम सम्पन्न गर्ने अपेक्षा रहेको भन्दै आवश्यक सहयोगका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए ।राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले सरकार र मन्त्रालयबाट आएको मार्गनिर्देशनलाई इमान्दार भएर पुरा गर्न आयोगका जिल्ला अध्यक्षहरुलाई आग्रह गरे । आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले जनतालाई मूमिहिनताको अवस्थाबाट अन्त्य गर्न आयोगले काम थालिसकेको भन्दै भूमिहिन सुकुम्बासी र भूमिहिन दलितको लगत संकलन गर्ने, जग्गा नाँपजाच, निवेदन दर्ता र निस्सा वितरणको काम शुरु गरिसकेको बताए । यसअघि २८ जिल्लामा राष्ट्रिय भूमि आयोगको जिल्ला आयोग गठन भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस