काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदबाट अनुमोदन हुँदैमा अमेरिकी सहयोग परियोजना एमसीसी लागू हुन नसक्ने बताएका छन् ।
बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विप्लवले अपर कर्णालीलाई आफूहरुले नै रोकेको बताए । ‘दैलेख र अछामको बीचमा हिमालको जराबाट कर्णालीलाई अपहरण गरेर लखनउ पुर्याउने षड्यन्त्र नेपालमा चल्यो’ उनले भने, ‘त्यसविरुद्ध तपाईँ हामी सबैले आवाज उठायौं, हाम्रो पार्टीले मोर्चा कसेर लड्यो । अहिले पनि त्यो रोकिएको छ ।’
अब एमसीसीविरुद्ध मोर्चा बनाएर लड्नुपर्ने उनले बताए । ‘संसदको स्वीकृतिले एमसीसी लागू गर्न सकिँदैन, दलालहरुको आत्मसमर्पणले एमसीसी लागू हुन सक्दैन,’ विप्लवले भनेका छन्, ‘एमसीसीविरुद्ध मोर्चा खोल्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ चैत्र २०७८, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव