‘एनिमल’ फिल्ममा एकसाथ देखिए रणवीर र रश्मिका

सफल खबर संवाददाता

विहीबार, १७ चैत्र २०७८, १२ : १३
‘एनिमल’ फिल्ममा एकसाथ देखिए रणवीर र रश्मिका

काठमाडौं । साउथ अभिनेत्री रश्मिका मन्दानी बलिउडमा प्रवेश गर्ने भएकी छिन् । डियर कमरेडबाट अत्याधिक चर्चाका कारण नेसनल क्रसको उपमा पाएकी रश्मिकाले रणवीर कपूरसँग ‘एनिमल’ मा सँगै काम गर्ने भएकी छिन् ।

सन्दीप रेड्डी वाङ्गको निर्देशन रहेको यो फिल्ममा रणवीर र परिणिती चोपडा एकसाथ देखिने चर्चा थियो । तर, परिणिती फिल्मबाट बाहिरिएपछि रश्मिका मुख्य भूमिकामा देखिने भएकी हुन् । निर्देशक सन्दिपले यसअघि ‘कबिर सिहं’ जस्तो हिट फिल्म दिइसकेका छन् ।

‘एनिमल’ को छायांकन यसै वर्षको जुनबाट हुने बताइएको छ । रश्मिका र रणवीरले सँगै काम गरेको यो पहिलो फिल्म हो ।रश्मिकाको यसअघिको ‘पुष्पा’ फिल्ममा अल्लु अर्जुनसँग देखिएकी थिइन् । यो फिल्मले बक्स अफिसमा धमाका मच्चाएको थियो । रणवीर भने आफ्नो फिल्म ‘ब्रम्हास्त्र’का कारण चर्चामा आएका छन् । रश्मिका सिद्धार्थ मल्होत्रासँग ‘सिमसन मजन’ र अमिताभ बच्चनका साथ ‘गुडबाई’ मा पनि देखिने छिन् ।

प्रतिक्रिया दिनुहोस