अन्तर्राष्ट्रिय परिस्थितिलाई कारण देखाउँदै १४ घण्टासम्म लोडसेडिङ

पत्रपत्रिकाबाट

बुधबार, १६ चैत्र २०७८, ०७ : २८
अन्तर्राष्ट्रिय परिस्थितिलाई कारण देखाउँदै १४ घण्टासम्म लोडसेडिङ

काठमाडौं । अन्तर्राष्ट्रिय परिस्थितिलाई कारण देखाउँदै नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय औद्योगिक क्षेत्रमा लोडसेडिङको समय बढाउँदै लगेको छ।

अघोषित लोडसेडिङका कारण हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूको उत्पादन प्रभावित भएको छ।

विद्युत् प्राधिकरणले लोडसेडिङको समय बढाएसँगै उद्योगहरूको दैनिक उत्पादनमा कटौती भएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ।

अघिल्लो सातासम्म दैनिक एक डेढ घण्टा लोडसेडिङ हुँदै आएकोमा शनिवारयता औद्योगिक क्षेत्रका उद्योगहरूले १४ घण्टासम्म लोडसेडिङको मार खेप्न बाध्य भएका छन्।

प्राधिकरणले शनिबार साँझ ७ बजेदेखि आठ घण्टा. आइतबार साँझ ६ बजेदेखि १२ घण्टा र सोमबार दिउँसो १ बजेदेखि १४ घण्टासम्म लोडसेडिङ गरेको छ।

हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक राजेन्द्र कंडेलले मंगलबार साँझ ६ बजेदेखि १२ घण्टाका लागि लोडसेडिङ हुने जानकारी आएको बताए ।  

प्राधिकरणले लोडसेडिङ गर्ने समय निश्चित नभएको बताउँदै उनहाँले आकस्मिक रूपमा लोडसेडिङ हुँदा उत्पादनसँगै उद्योगले क्षति बेहानुपर्ने अवस्था रहेको जानकारी दिए । राममणि दाहालले गोरखापत्रमा खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस