बुद्धनगर एग्रो फार्मले पाँच करोड रुपियाँको आईपीओ निष्काशन गर्ने

सफल खबर संवाददाता

मंगलबार, १५ चैत्र २०७८, १४ : ३२
बुद्धनगर एग्रो फार्मले पाँच करोड रुपियाँको आईपीओ निष्काशन गर्ने

काठमाडौँ । बुद्धनगर एग्रो फार्म लिमिटेडले पाँच करोड रुपियाँ बराबरको पाँच लाख कित्ता साधारण शेयर (आईपीओ निष्काशन गर्ने भएको छ । बुटवल ११ मिलनचोकमा कार्यालय रहेको उक्त कम्पनीले रु. १०० अंकित दरको आईपीओ निष्काशन गर्ने भएको हो । 

यसैक्रममा आईपीओ निष्काशनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटललाई धितोपत्र बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त नियुक्ति सम्बन्धी समझादारी पत्रमा कम्पनीका सीईओ खड्कबहादुर थापा र एनआईसी एशिया क्यापिटलका सीईओ रमेन्द्र रायमाझाी सोमबार एक समारोहका बीच हस्ताक्षर गरेका हुन् । 

म्पनीले सामुहिक लगानी कोष तथा कर्मचारीहरुसहित सर्वसाधारणहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । 
 

प्रतिक्रिया दिनुहोस