उपभोक्ता बचाउन इन्धनमा लाग्दै आएको कर घटाइयोसः आयल निगम

सफल खबर संवाददाता

मंगलबार, १५ चैत्र २०७८, १४ : १९
उपभोक्ता बचाउन इन्धनमा लाग्दै आएको कर घटाइयोसः आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले उपभोक्ता बचाउन इन्धनमा लाग्दै आएको कर घटाउन सरकारसँग माग गरेको छ । निगमले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे सुझाव पठाउँदै कर घटाउन आग्रह गरेको हो । 
 
निगमको पत्रमा इन्धनमा लाग्दै आएको भन्सार कर, मूल्य अभिवृद्धि कर र पूर्वाधार करमा कम्तिमा १५ रुपियाँ घटाउन आग्रह गरिएको छ । सरकारले जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना बनाउन भन्दै पूर्वाधार कर लगाउन सुरु गरेको एक दशक पुग्न लाग्दा पनि उक्त आयोजना बनाउन कुनै पहल गरेको छैन् । यसरी संकलित पूर्वाधार कर ७० अर्बभन्दा बढी भइसकेको छ । 

इन्धनको करसँगै एलपी ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपियाँ शुल्क मिनाहा गर्नुपर्ने र बाँकी घाटा मूल्य समायोजनबाट मिलान गर्नुपर्ने निगमले प्रस्ताव छ । रुस–युक्रेनसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै आयल निगमले इन्धनको भाउमा बढाउँदै लगेको छ । 

 

 

                                      

प्रतिक्रिया दिनुहोस