चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले सरुवा भएर काठमाडौँ जानुभन्दा एक दिनअघि आफू चितवन आएपछि भएका काम, कारबाही र उपलब्धि सार्वजनिक गर्नु भएको छ । उहाँले आइतबार प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी चितवन प्रहरीले गरेका कामबारे जानकारी दिनु भएको हो ।
एसपी थापाद्वारा सार्वजनिक आठ पृष्ठ लामो विवरणमा चितवनको जनसंख्यादेखि जिल्ला प्रहरी कार्यालय चितवनको चिनारीसम्म समेटिएको छ । नेपाल सरकारको नीति तथा संगठन प्रमुखबाट भएको निर्देशन अनुरुप प्रहरी आचरण र ब्यवहारमा सुधार, भ्रष्टाचार नियन्त्रण, दण्डहिनताको अन्त्य, शान्ति सुरक्षाको बहाली, मानव अधिकार संरक्षण, प्रहरीको कार्य क्षमतामा अभिबृद्धि एवं शुन्य सहनशिलता लगायतका काम संचालन गरिराखेको प्रहरी उपरीक्षक थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस