तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध पल शाह उच्च अदालतमा

सफल खबर संवाददाता

मंगलबार, १५ चैत्र २०७८, १३ : २४
तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध पल शाह उच्च अदालतमा

काठमाडौं । अभिनेता पल शाहले पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन् । 

अदालतका उप–रजिस्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले रिट दर्ता भइसकेको जानकारी दिए । रिटमार्फत शाहले थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग गरेका छन् । 

१० चैतमा तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । थुनामा रहेको पाँचौं दिन शाह अदालत पुगेका हुन् । 
 

प्रतिक्रिया दिनुहोस