काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको साधारण सभा सुरु भएको छ। यस अघि स्थगित विशेष साधारण सभा सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए।
यस अघि फागुन ८ गतेको लागि डाकिएको एन्फाको विशेष साधारण सभा प्राविधिक कारण देखाएर स्थगित गरिएको थियो । तर, एन्फाको १८ औं कार्यसमिति बैठकले साधारण सभा चैत १५ गते गर्ने निर्णय गरेको थियो।
साधारण सभामा निर्वाचनमा केन्द्रित एजेण्डाहरुमा छलफल हुने बताइएको छ। निर्वाचन समिति गठन, निर्वाचन पुनरावेदन समिति गठन, उम्मेदवारको मनोनयन शुल्क निर्धारण र वार्षिक कार्यक्रम तथा बजेटको लेखा परीक्षण प्रतिवेदन लगायतको विषयमा साधारण सभा छलफल हुनेछ।एन्फाको निर्वाचन आगामी जेठ १५ गते हुँदैछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ चैत्र २०७८, १० : ५६
लेखकबाट थप