काठमाडौं । सल्यानको लुहाम–काभ्रा–कालिमाटी हुँदै प्रदेश राजधानी जोड्ने सडकको ट्रयाक झन्डै २८ वर्षपछि खोलिएको छ। ०५० सालमा शिलान्यास भएको २६ किलोमिटर सडकको ट्रयाक खुल्न २८ वर्ष लागेको हो।
शिलान्यास भएको २९ वर्षपछि सरकारले पूर्वाधार विकास कार्यालय सल्यानलाई सडक निर्माणको जिम्मा दिएपछि लुहामदेखि कालिमाटीसम्म २६ किलोमिटर ट्रयाक खुलेर गाडी चलेका हुन्। पश्चिम दक्षिणकै मेरुदण्डको रुपमा रहेको उक्त सडक सञ्चालनमा आएसँगै आवागमनमा सहज हुने कालिमाटी गाउँपालिका–१ दलपुरेका टोपबहादुर भण्डारीले बताए। सडक सञ्चालनमा आएसँगै कपुरकोट, छेश्वरी, त्रिवेणी र कालिमाटी गाउँपालिकाका स्थानीयलाई कर्णाली प्रदेशको राजधानी पुग्न निकै सहज भएको उनको भनाई छ। उनले भने सिधा सडक सञ्जाल नहुँदा सुर्खेत पुग्न, दाङ, बाँके हुँदै जानु पथ्र्यो तर अब ३र४ घण्टामै सुर्खेत पुग्न सकिने भएको हो ।
साविकको जिल्ला विकास समिति हुँदा देखिनै ट्रयाक खोल्न बजेट विनियोजन हुने गरेको भएपनि थोरै बजेटका कारण सडक सूचारु हुन सकिरहेको थिएन। ४ किलो मिटर नयाँ ट्रयाक ओपन र लुहाम देखि काभ्रासम्म सडक चौडा गर्ने र ग्राभेल गर्ने गरी ६ करोडको लागतमा ट्रयाक ओपन सहित स्तरोन्नतीको काम सुरु भएको हो ।
प्रदेश सरकारको गौरवको आयोजना अन्र्तगत रहेको लुहाम, काभ्रा कालिमाटी हुन्दै प्रदेश राजधानी जोड्ने सडकले पूर्णता
पाउने भएको छ । प्रदेश राजधानी जोड्ने यस सडकको स्तरोन्नती अन्र्तगत ११ किलोमिटर कालोपत्रे गर्न ३५ करोडको टेन्डर आह्वान समेत भइ सकेको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ चैत्र २०७८, १० : ५१
लेखकबाट थप