गण्डकी मोटर्सको अत्याधुनिक सुविधा सम्पन्न टिभि एस सर्भिस सेन्टर पोखरामा संचलान

सफल खबर संवाददाता

मंगलबार, १५ चैत्र २०७८, १० : ३८
गण्डकी मोटर्सको अत्याधुनिक सुविधा सम्पन्न टिभि एस सर्भिस सेन्टर पोखरामा संचलान

गण्डकी । जगदम्बा मोटर्स पोखराका लागि आधिकारिक विक्रेता वतास व्रदर्स अन्तर्गत गण्डकी मोटर्स प्रालीले पोखराको पर्स्यंग स्थित आफ्नो अत्याधुनिक सुविधा सम्पन्न टिभि एस सर्भिस  सेन्टरको संचलान आज बाट सुरु गरेको छ। 

करिब १४,००० sq ft मा फिजिएको यो शर्विस सेन्टर गण्डकीको नै सबै भन्दा ठुलो र सुविधा सम्पन्न शर्विस सेन्टर रहेको कम्पनीको दावी छ। दक्ष टेक्निसियन, पूर्ण रुपमा सुसज्जित कस्तुमर लाउन्ज, पर्याप्त पार्किङ्ग स्पेस, अलग दुर्घटना ईञ्जिन कोठा, आदि सुविधाले सुसज्जित यो सर्विस सेन्टरमा २८ ओटा सम्म द्यबथ क्षमता रहेको छ।

जगदम्बा मोटर्स प्रा.लि.नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १४५ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस