टिप्परको ठक्करबाट नेपालगञ्जमा एकजनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १५ चैत्र २०७८, १० : ३५
टिप्परको ठक्करबाट नेपालगञ्जमा एकजनाको मृत्यु

काठमाडौँ  । नेपालगञ्जमा टिप्परको ठक्करबाट ६५ वर्षीय वीरबल भण्डारीको मृत्यु भएको छ।मंगलबार बिहान ८ बजेतिर नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २०, राँझामा भे १ क ६५७ नम्बरको टिप्परले ठक्कर दिँदा हुम्ला घर भई हाल राँझामा बस्ने भण्डारीको मृत्यु भएको हो ।

बृद्धलाई ठक्कर दिने टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यसैबीच राँझामा स्थानीयले सडक अवरोध गरेका छन् । उचित क्षतिपूर्ति र कारबाहीको माग राख्दै स्थानीयले सडक अवरोध गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस