काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज मंगलबार मलेसिया र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदैछ । टियु क्रिकेट मैदानमा मलेसिया र पपुवा न्युगिनीबीच दिउँसो साढे १२ बजे प्रतिस्पर्धा हुनेछ ।
मलेसिया जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा रहेको छ । यस्तै, पपुवा न्युगिनी भने पहिलो जितको खोजीमा हुनेछ ।सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी नेपालसँग १५ रनले पराजित भएको थियो ।
त्रिकोणात्मक सिरिजमा नेपाल, मलेसिया र पपुवा न्युगिनीले प्रतिस्पर्धा गरिरहेका छन् । नेपालले बुधबार मलेसियासँग खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ चैत्र २०७८, १० : १४
लेखकबाट थप