ब्राउन सुगरसहित तीन जना समातिए

सफल खबर संवाददाता

सोमबार, १४ चैत्र २०७८, १६ : ५८
ब्राउन सुगरसहित तीन जना समातिए

काठमाडौँ  ।   प्रहरीले काठमाडौँको कलंकीबाट ४३ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।कालीमाटी प्रहरीका अनुसार आइतबार राति खटिएको प्रहरी टोलीले कलंकीबाट तीन जनालाई ब्राउन सुगरसहित समातेको हो।

समातिनेमा भारत लखनउ घर भई कलंकी बस्ने १८ वर्षीय मोहमद गुफरान, १८ वर्षीय अह्यान अन्सारी र ललितपुर महानगरपालिका-४ धोबीघाटका ३९ वर्षीय गणेश रजक छन्।प्रहरीका अनुसार उनीहरुको साथबाट दुईवटा डिजिटल तराजु, २ लाख ४५ हजार रुपैयाँ, प्याकिङमा प्रयोग हुने प्लास्टिक, चारवटा मोबाइल र एउटा मोटरसाइकल बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस