लगातार चौथो दिन पनि घट्यो नेप्से, पुँजी वृद्धिले पनि तानेन बिमा कम्पनीमा आकर्षण

सफल खबर संवाददाता

सोमबार, १४ चैत्र २०७८, १५ : २९
लगातार चौथो दिन पनि घट्यो नेप्से, पुँजी वृद्धिले पनि तानेन बिमा कम्पनीमा आकर्षण

काठमाडौं ।  लगातार चौथो कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट भएको छ ।  साताको दोस्रो कारोबार दिन सोमबार  सेयर जबार परिसूचक नेप्से १.१७ प्रतिशतले गिरावट  भएको छ ।सोमबार सुरुआती समयको उताचढावको बाबजुत २९.९८ अंकले घटेर नेप्से २५४२.२८ अंकमा बन्द भएको छ । कारोबार रकम पनि घटेको छ । आइतबार ५ अर्ब हाराहारी रहेको कारोबार रकम आज २ अर्ब  ५५ करोडमा झरेको छ ।
 
बजार परिसूचकसँगै सबै उपसूचकमा पनि गिरावट आएको छ । गत शुक्रबार बिमा समितिले बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी साढे २ गुणाले बढाउने निर्णय गरेसँगै  आइतबार बिमा कम्पनीको कारोबारमा आकर्षण देखिएको थियो । नेप्सेमा गिरावट हुँदा पनि निर्जीवन बिमा कम्पनी उपसूचक भने  बढेको  थियो । तर, आज भने बजारमा व्यापार र वित्त कम्पनी उपसूचकपछि धेरै घट्नेमा जीवन बिमा र त्यसपछि अन्य उपसूचक छन् । निर्जीवन बिमा उपसूचक धेरै कट्नेमा परेको छ । यी पाँचवटै उपसूचकमा २ प्रतिशतभन्दा माथिले गिरावट भएको छ ।
 
आज बजारमा कारोबार रकममा जीवन विकास लघुवित्त कम्पनीले लिड गरेको छ । कम्पनीको २२ करोडको कारोबार हुँदा अपी पावरको ९ करोड र हिमालयन  डिस्टिलरीको ६ करोडको कारोबार भएको छ । आज बजारमा १९३ कम्पनीको सेयर कारोबार भएकोमा १६७ कम्पनीको सेयरमूल्य घटेको छ भने २१ कम्पनीको बढेको छ । ५ कम्पनीको स्थिर छ । आज कारोबार भएकोमध्ये राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा नेस्डो समृद्धि लघुवित्तको ६.१ प्रतिशत र ङ्यादी ग्रुप पारवरको सेयरमूल्य २.२९ प्रतिशतले बढेको छ ।

यता आईसीएफसी फाइनान्सको सेयरमूल्य सर्वाधिक ४.८२ प्रतिशतले गिरावट हुँदा सानिमा लाइफको ४.५२ प्रतिशत र ज्योति लाइफको सेयरमूल्यमा ४.४५ प्रतिशतले गिरावट भएको छ । 

प्रतिक्रिया दिनुहोस