काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले एकहप्ते ग्लोबल मनी विक –जीएमडब्लू २०२२ को उपलक्ष्यमा वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सम्पन्न गरेको छ।
वित्तीय साक्षरताअन्तर्गत केन्द्रीय कार्यालयलगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले अन्तरक्रिया कार्यक्रमसँगै र्याली आयोजना गरेका थिए।
संस्थामा आवद्ध सदस्य, समुदाय एवं स्कुलमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन जीएमडब्लूले तय गरेका विषयवस्तु तथा नाराहरुमा आधारित रहेर सम्पन्न गरिएको संस्थाले जनाएको छ।संस्थाका अनुसार ती कार्यक्रमबाट करिब १७ हजार जना लाभान्वित भएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ चैत्र २०७८, १५ : ०७
लेखकबाट थप