रियलमीको आधिकारीक सर्भिस सेन्टर अब इटहरीमा

सफल खबर संवाददाता

सोमबार, १४ चैत्र २०७८, १५ : ०५
रियलमीको आधिकारीक सर्भिस सेन्टर अब इटहरीमा

काठमाडौँ   । विश्वकै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले इटहरीमा अर्को नयाँ प्रिमियम आधिकारिक सेवा केन्द्र खुलेको घोषणा गरेको छ। रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले इटहरीको सूर्या कम्प्लेक्स परिसरमा नयाँ सेवा केन्द्रको उद्घाटन गरेका हुन्।

सर्भिस सेन्टरको उद्घाटनपछि बोल्दै गिरीले मोबाइल सबैभन्दा सहज र सुविधायुक्त साधन भएकाले रियलमीले सेवाग्राहीको सुविधामा ध्यान दिएको बताए।रियलमीले नेपालमा भरपर्दो ब्रान्ड बन्ने लक्ष्य राखेको र आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा र बिक्रीपछिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको उनले जानकारी दिए।

पहिलो आधिकारिक सर्भिस सेन्टर सीटीसी मल सुन्धारा काठमाडौँमा रहेको छ।रियलमीले सर्भिस सेन्टर स्थापनासँगै ग्राहकहरुमाझ बिक्रीपछिको सेवालाई सफलतापूर्वक विस्तार गर्ने विश्वास लिएको छ। सर्भिस सेन्टरमार्फत सफ्टवेयरसम्बन्धी सेवा, पार्टपुर्जा बदल्ने सेवा, फ्लागसिप फोन मर्मत सेवा, वारेन्टी मान्य र गैरमान्य स्मार्टफोनहरुको मर्मत सेवा र अन्य धेरै सेवाहरु प्रदान गरिने कम्पनीले जनाएको छ।

जगदम्बा मोबाइलका नेशनल सेल्स हेड कुनाल सिंहका अनुसार इटहरीको सूर्या कम्प्लेक्स प्रदेशकै प्रमुख व्यावसायिक केन्द्र भएको हुनाले यहाँ सर्भिस सेन्टर खोलिएको हो। विराटनगर, धरान, बिर्तामोडलगायतका ग्राहकले अब यो सेवा केन्द्रबाट सहज रुपमा गुणस्तरीय सेवा लिन सक्ने उनले बताए।

रियलमीले नेपालमा सबै स्मार्टफोन ब्रान्डहरुमध्ये सर्भिस रिटर्न रेटमा कम रही अग्रणी सेवा दिने दावी गरेको छ।

प्रतिक्रिया दिनुहोस