काठमाडौं । नम्बर १ अमेरिकन ब्रान्ड ब्लाक्क प्लस डेक्करले यो नयाँ बर्षलाई लक्षित गरी ‘विग डिलाइट’ नामक योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत ग्राहकहरुले ब्लाक्क प्लस डेक्करको साना होम एप्लायन्सहरु को खरिदमा बिभिन्न आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ चैत्र १३ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि उठाउन सकिने कम्पनीले जनाएको छ ।
ग्राहकहरुले ब्लाक्क प्लस डेक्करको एअर ह्युमिडिफायरको खरिदमा एभरेष्ट अरोमाको अरोमा किट(ओएल) निस्शुल्क प्राप्त गर्न सक्नेछ भने माईक्रोवेभ ओभनको खरिदमा कूकिङ किट निस्शुल्क प्राप्त गर्न सक्नेछ। र त्यसै गरी ब्लाक्क प्लस डेक्करको अरु सबै सामानहरुको खरिदमा गुणस्तरिय किचेन एपरोन निस्शुल्क प्राप्त गर्न सक्नेछ। ब्लाक्क प्लस डेक्करको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरुमा आकर्षक छुट पनि रहेको छ ।
अन्तरराष्ट्रिय ब्रान्ड ब्लाक्क प्लस डेक्करका उत्पादनहरु टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज भईरहेको र ब्लाक्क प्लस डेक्करले प्रविधिको क्षेत्रमा नवीनता र आयम थप्दै आफ्नो सुरुवाती दिनहरूदेखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ। ब्लाक्क प्लस डेक्कर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ चैत्र २०७८, १३ : २२
लेखकबाट थप