बहुमूल्य धातु पुल्ली उत्खनन् गर्ने पाँचजना पक्राउ

सफल खबर संवाददाता

सोमबार, १४ चैत्र २०७८, १३ : ०६
बहुमूल्य धातु पुल्ली उत्खनन् गर्ने पाँचजना पक्राउ

काठमाडौं । खोटाङमा बहुमूल्य धातु पुल्ली उत्खनन् गर्ने पाँचजना पक्राउ परेका छन् । खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन् गरेका उनीहरु पक्राउ परेका हुन् ।  पक्राउ पर्नेहरुमा पाचँथर फिदिम नगरपालिका–९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५७ वर्षीय डिल्ली आङ्दाङबे र झापा धाइजन गाउँपालिका–७ बस्ने ७३ वर्षीय सुनबहादुर चेम्जोङ छन् ।

बहुमूल्य धातु पुल्लीको उत्खनन् भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहको साथबाट २ थान सेतो कालो पाटे पुल्ली, १ थान कालो भेडी सेतो, १ थान कालो टेका भेडी, २ थान रातो टेका माला, ६ थान खैरो टेका माला र ५ थान बेल्चा प्रहरीले बरामद गरेको छ ।  

प्रतिक्रिया दिनुहोस