नेपाल टस हारेर ब्याटिङमा, रोहित पौडेल पनि समेटिए

सफल खबर संवाददाता

सोमबार, १४ चैत्र २०७८, १२ : ४२
नेपाल टस हारेर ब्याटिङमा, रोहित पौडेल पनि समेटिए

काठमाडौँ । नेपालले टि २० आई त्रिकोणात्मक सिरिजअन्तर्गत पहिलो खेलमा आज  पपुवा न्युगिनी (पिएनजी)को सामना गर्दैछ । टियु मैदानमा पिएनजीका कप्तान असाद भालाले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्तो पाएको छ । 

आजको खेलमा युवा स्टार ब्याटर रोहित पौडेल पनि समेटिएका छन् । यसअघि रोहित ओडिआई टोलीमा मात्र थिए । पिएनजीविरुद्धकै ओडिआईमा सानदार प्रदर्शन गरेपछि उनलाई  टि२० टोलीमा पनि राखिएको हो । 

नेपाली टोलीः

सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, अभिनाश बोहरा, लोकेश बम, कुशल मल्ल र रोहितकुमार पौडेल ।

प्रतिक्रिया दिनुहोस