काठमाडौं । सम्पदा संरक्षण अभियन्ताहरुले ठमेलस्थित विवादित छायादेवी कम्प्लेक्स प्रालिको आईपीओ निष्काशन रोक्का गर्न नेपाल धितोपत्र बोर्डसँग माग गरेका छन्।अभियान्ता भागवत नरसिंह प्रधान,राजवीर डंगोल र अनिल प्रधानले आइतबार छायादेवी कम्प्लेक्स विरुद्ध सर्वोच्च अदालतमा १२ थान मुद्दाहरु हाल विचाराधीन रहेको भन्दै बोर्डमा लिखित पत्र बुझाए ।
‘यस कार्यालयको स्वीकृतिले छायाँदेवी कम्प्लेक्स प्रालिद्धारा सर्वसाधारणहरुलाई बिक्री गर्ने गरी आईपिओ निष्काशन गर्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा २०७८ /१२/ ६ मा प्रकाशित समाचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।मुद्धा विचाराधीन भएकाले यसले पछि जो कोहीलाई झुक्याई हानी नोक्सानी समेत हुने भन्दै झमेलाबाट बच्न बच्न सर्वसाधारणहरुलाई उनीहरुको आग्रह छ। ऐतिहासिक उक्त पोखरी अतिक्रमणगरि व्यवसायिक भवन बनाएको भन्दै सम्पदा अभियान्ताहरु विरोध गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ चैत्र २०७८, ११ : ५६
लेखकबाट थप