काठमाडौँ । नेपाल प्रहरीले ४ सय ८८ जनालाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस गरेको छ ।
आइतबार बसेको बढुवा समितिको बैठकले चौथो सूची निकालेर ४ सय ८८ नायव निरीक्षकलाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस गरेको हो । यसअघि, शनिबार ३२२ जना, शुक्रबार १७० जना र बिहीबार १९१ जनालाई वरिष्ठ नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको थियो ।
प्रहरी नियमावलीमा भएको दशौँ संशोधन भएर राजपत्रमा प्रकाशित भएपछि नयाँ सृजना भएको वरिष्ठ नायक निरीक्षक पदमा चरणबद्ध रूपमा बढुवा सिफारिस गर्न थालिएको हो ।यो पदमा कुल १ हजार १ सय ९१ जना बढुवा हुने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ चैत्र २०७८, ११ : ३३
लेखकबाट थप