तनहुँमा आगामी वैशाख ६ गतेदेखि १९ गतेसम्म कृषि गणना गरिने भएको छ । कृषकले चलन गरेको जग्गा, लगाएको बाली, पशुपन्छीपालन तथा कृषिमा वातावरणीय प्रभावसम्बन्धी विवरण सङ्कलन गर्ने उद्देश्यसहित कृषिगणना गर्न लागिएको हो । कृषि विकासका लागि स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका योजना तर्जुमा एवं नीति निर्माण, अनुगमन तथा मूल्याङ्कन गर्न आवश्यक पर्ने तथ्याङ्कको खाँचो पूरा गरी योजनाविद् र नीति निर्मातालाई सघाउ पु¥याउन कृषिगणना गर्न लागिएको कार्यालय प्रमुख नवराज पोख्रेलले जानकारी दिए ।
कृषि गणनाका लागि तनहुँमा ६३ गणक परिचालन गरिनेछ । त्यस्तै १६ सुपरिवेक्षक र एक कृषिगणना अधिकृत परिचालन गरिने उनले जानकारी दिए । कृषि गणनामा तथ्याङ्क सङ्कलनको कार्य एउटै समयसीमाभित्र दुई चरणमा सञ्चालन गरिनेछ । गणक तथा सुपरिवेक्षकलाई यही चैत २५ गतेदेखि वैशाख ३ गतेसम्म तालिम सञ्चालन गरिनेछ भने २४ गतेसम्म गणक तथा सुपरिवेक्षक नियुक्ति भइसक्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ चैत्र २०७८, ११ : २०
लेखकबाट थप