करेन्ट लागेर १४ वर्षीया राईको मृत्यु

आइतबार, ३० बैशाख २०७५, १४ : ०४
करेन्ट लागेर  १४ वर्षीया  राईको मृत्यु

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका तीन तालतलैयामा करेन्ट लागेर आज बिहान स्थानीयवासी १४ वर्षीया मौसमी राईको मृत्यु भएको छ ।
पानी तान्नका लागि मोटर चलाउने क्रममा शनिबार करेन्ट लागेर गम्भीर घाइते भएकी राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस