अन्तर-कलेज वित्तीय प्रश्नोत्तरी प्रतियोगिता सम्पन्न

सफल खबर संवाददाता

आइतबार, १३ चैत्र २०७८, १७ : ४६
अन्तर-कलेज वित्तीय प्रश्नोत्तरी प्रतियोगिता  सम्पन्न

काठमाडौं ।  प्रभु क्यापिटलले अन्तर-कलेज वित्तीय प्रश्नोत्तरी प्रतियोगिता  गरेको छ । विश्व वित्तिय सप्ताहअन्तरर्गत प्रभु क्यापिटलले अन्तर-कलेज वित्तीय प्रश्नोत्तरी प्रतियोगिता  गरेको हो ।

प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डको समन्वयमा  ग्लोबल मनिविक २०२२ अन्तरगत शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्न नेपालमा पहिलो पटक अन्तर(कलेज वित्तीय प्रश्नोत्तरी प्रतियोगिता  गरेको हो । कार्यक्रम नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तथा ग्लोबल मनिविक २०२२ मा पूँजीबजार तर्फका संयोजक डा. नवराज अधिकारीको प्रमुख अतिथिमा भएको थियो । यस्तै कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक मुक्तिनाथ सापकोटा तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रवक्ता मुराहरी पराजुली  विशेष अतिथि रहेका थप्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली सभापतित्वमा भएको प्रतियोगितामा काठमाडौं उपत्यकाभित्रका १५ वटा विजनेश कलेजहरुमा अध्ययनरत बिबिए तथा एमबिएतहका विद्यार्थीहरुलाई सहभागी गराइएको थियो । प्रतियोगितामा १२५ अंकसहित काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसुम) प्रथम भएको थियो भने ८५ अंकसहित साउथ एशियनइन्स्टिच्युट अफ म्यानेजमेन्ट (साइम) कलेज दोश्रो तथा तेस्रोमा ७५ अंकसहित एपेक्स कलेज र युनिग्लोब कलेजबीच टाई भएकोमा थप प्रश्नको सही उत्तर दिएर एपेक्स कलेज तेश्रो भएको थियो ।

प्रथम हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई २० हजार बराबरको प्रभु सेलेक्टफण्डको युनिटगरिएको छ भने दोश्रो हुने कलेजलाई शिल्ड प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई १० हजार बराबरको प्रभु सेलेक्टफण्डको युनिट प्रदान गरिएको छ । यसैगरी तेश्रो हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई ५ हजार बराबरको प्रभु सेलेक्टफण्डको युनिट प्रदान गरिएको छ । यस्तै प्रतियोगितामा सहभागी सबै प्रतियोगी विद्यार्थीहरुलाई प्रभु क्यापिटलमा डिम्याट खाता खोल्दा २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन प्रदान गरिएको प्रभु क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस