ग्लोबल बैंकको मिथिला चित्रकला भित्तेपात्रो सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, १३ चैत्र २०७८, १६ : ४२
ग्लोबल बैंकको मिथिला चित्रकला भित्तेपात्रो सार्वजनिक

काठमाडौँ  ।  ग्लोबल आइएमई बैंकले मिथिला चित्रकलालाई समेटेर ०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ।ग्लोबल आइएमई बैंकले काठमाडौँमा आइतबार एक कार्यक्रमबीच ०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको हो।

भित्तेपात्रो सार्वजनिक कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगतमा फरक–फरक किसिमका चित्र राखेर भित्तेपात्रो निकाल्ने प्रचलनलाई तोड्दै एउटा मात्र मिथिला चित्रकलालाई समेटेर पात्रो सार्वजनिक गरिएको बताए।

उनले मिथिला कलाकारलाई प्रोत्साहन गर्ने तथा मिथिला चित्रकलालाई सबै नेपालीमाझ पुर्‍याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले मिथिला चित्र समावेश गरेर भित्तेपात्रो बनाइएको पनि स्पष्ट पारे।पछिल्लो समय मुलुकमा तरलता अभाव तथा विदेशी मुद्रा कमी भएका बेला नेपालीहरू धेरै भएको मुलुकबाट विदेशी मुद्रा ल्याउने तयारीमा ग्लोबल आइएमई बैंक लागेको ढकालले बताए।

उनले विदेशी मुद्रा नेपालमा भित्र्याउनका लागि कोरियामा ग्लोबल आइएमई बैंकको शाखा स्थापना गर्ने स्वीकृत पाइसकेको अवस्था रहेको बताए।अध्यक्ष ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले बनाएका नीति कार्यान्वयन गर्ने कुरामा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको दाबीसमेत गरे। 

प्रतिक्रिया दिनुहोस