महालक्ष्मी बिकास बैंकद्धारा बिधालयलाइ शौचालय निर्माण एवं हस्तान्तरण

सफल खबर संवाददाता

आइतबार, १३ चैत्र २०७८, १५ : १८
महालक्ष्मी बिकास बैंकद्धारा बिधालयलाइ शौचालय निर्माण एवं हस्तान्तरण

चितवन । महालक्ष्मी बिकास बैंक लि. नारायणगढ शाखाले बेलचोकमा अवस्थित चमेली देवी पिया माध्यमिक बिधालयलाई सुबिधा सम्पन्न शौचालय निर्माणमा सहयोग गरेको छ। उक्त बिधालयमा अध्ययनरत बिधार्थीहरुलाइ शौचालयको अत्यन्तै खाचो रहेको महसुस गरी रोटरी क्लव अफ चितवनको अगुवाइमा यस बैंकले छात्र एवं छात्राहरुकोलागि भिन्दा भिन्दै शौचालय निर्माणगरि हस्तान्तरण गरेको छ । 

रोटरी क्लब अफ चितवनको आयोजनामा भएको कार्याक्रमको अध्यक्षता रोटरी क्लब अफ चितवनका प्रेसिडेन्ट ज्ञानेन्द्रमान शाक्य एवं प्रमुख अतिथि पूर्व गभर्नर रबिन्द्र पिया तथा महालक्ष्मी बिकास बैंकका शाखा प्रबन्धक बिरेन्द्र कुमार चौधरी विशिष्ठ अतिथि तथा बिधालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, रोटरीका पूर्व अध्यक्ष राजु पौडेल अतिथि रहेका थिए । 

उक्त कार्यक्रममा बिधालयलाइ सुबिधा सम्पन्न शौचालय निर्माणमा सहयोग गरेकोमा महालक्ष्मी बिकास बैंकलाइृ सम्पूर्णले धन्यवाद ज्ञापन गर्दै भबिष्यमा पनि यस्ता प्रकारका सहयोग गर्ने अपेक्षा गरेको थिए । सोही कार्यक्रममा शाखा प्रबन्धक चोधरीले बैंकले समाजमा गर्दै आइरहेको बिभिन्न सहयोगको बारेमा चर्चा गर्दै बैंक समाजको अभिन्न अंग रहेको र यस्ता प्रकारका सहयो १०३ शाखावाट निरन्तर भइरहेको  बताए ।
 

प्रतिक्रिया दिनुहोस