अमेरिकी दूतावास युवा परिषदका सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

सफल खबर संवाददाता

आइतबार, १३ चैत्र २०७८, १३ : २७
अमेरिकी दूतावास युवा परिषदका सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ । अमेरिकी दूतावास’ तथा ‘वी इन्सपायर नेपाल’ले संयुक्त रुपमा बुढानिलकण्ठस्थित ‘पार्क भिलेज रिसोर्टमा’आयोजना गरेको तीन दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।विभिन्न पृष्ठभूमिबाट २०२२ का लागि छानिएका ५५ जना नयाँ सदस्यहरुले गत बिहीबारदेखि शनिबारसम्म उक्त अभिमुखीकरणमा भाग लिएका हुन्।

नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत म्यानुएल मिकल्लेरले अमेरिकी दूतावास युवा परिषदका नयाँ ब्याचका सदस्यहरुलाई स्वागत गरेका थिए। सो अवसरमा कार्यवाहक राजदूतले नेपालको आर्थिक तथा सामाजिक विकासमा युवाहरुको भूमिकामा जोड दिएका थिए।साथै उक्त दिन कार्यक्रममा अमेरिकी सार्वजनिक मामिला प्रमुख ग्यारेट विल्करसन र साँस्किृतक मामिला प्रमुख सारा नाइटले पनि नयाँ सदस्यहरुसँग अन्तरक्रिया गरेका थिए।

निर्वाचनमा नागरिक समाजको भूमिका, खेलकुद र नेतृत्व, उर्जा अर्थ व्यवस्थाः विविध चुनौती र अवसर, जलवायु परिवर्तन, लोकतन्त्र कसरी फस्टाउँछ? लगायतका विषयमा पनि छलफल भएको थियो।अन्तरक्रियाका शिलशिलामा गलत सूचना, उद्यमशीलता र युवा नागरिक सहभागितालगायत विषयमा पनि छलफल भएको थियो।

‘युएसवाईसी’ अमेरिकी दूतावास काठमाडौँले सन् २०११ मा बनाएको नेपाली युवाहरुको मञ्च हो। यसले नेपाली युवाहरुले सामना गर्ने चुनौतीहरू र तिनीहरूलाई सम्बोधन गर्न के गर्न सकिन्छ, नेपाली युवाहरुलाई विभिन्न मुद्दाहरुमा प्रत्यक्ष अन्तरक्रिया गर्न प्रोत्साहित गर्छ।

विश्व समस्या तथा चुनौतीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिपेक्षमा मान्यता प्रमाणित गर्न पनि उक्त मञ्चले प्रोत्साहित गर्ने अपेक्षा सहभागीहरुले गरेका छन्।नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहभागीहरुले नेपालको सामाजिक, धार्मिक, साँस्कृतिक, जातीय र लैंगिक विविधताको प्रतिनिधित्व गर्ने र आफ्नो समुदायलाई सहयोग पुर्‍याउन विभिन्न परियोजनाहरुमा काम गर्नेछन्।

प्रतिक्रिया दिनुहोस