कारको ठक्करबाट गौशालामा पैदलयात्रीको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १३ चैत्र २०७८, १३ : २४
कारको ठक्करबाट गौशालामा पैदलयात्रीको मृत्यु

काठमाडौँ । काठमाडौँको गौशालामा आज बिहान कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन्। उनको पहिचान खुल्न सकेको छैन।

चावहिलबाट सिनामंगलतर्फ जाँदै गरेको बा २० च ७१२९ नम्बरको कारले आज बिहान साढे ५ बजे पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।कारको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारको क्रममा बिहान पौने ८ बजे मृत्यु भएको हो। 

प्रतिक्रिया दिनुहोस