काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विराटनगरस्थित कोसी अस्पताललाई रु ५० लाख बराबरको हेमोडायलाइसिस मेसिनहरु प्रदान गर्ने भएको छ।
यस सम्बन्धमा अस्पतालसँग भएको सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र कोसी अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेन्ट डा. यज्ञराज खरेलले हस्ताक्षर गरेका छन्।
कोसी अस्पतालले उक्त हेमोडायलाइसिस मेसिन अस्पतालमा आउने बिरामीहरुको उपचार गर्न प्रयोग गर्नेछ। बैंकले पुर्याएको सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसिस सेवा प्रदान गरी जीवनस्तर सुधार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।
बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बधी कार्यहरूमा सहभागिता जनाउँदै आएको छ। आगामी दिनमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिने बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ चैत्र २०७८, १३ : २१
लेखकबाट थप