किशोरीलाई बलात्कार आरोपमा युवक पक्राउ

सफल खबर संवाददाता

आइतबार, १३ चैत्र २०७८, १३ : १५
किशोरीलाई बलात्कार आरोपमा युवक पक्राउ

काठमाडाैं । भक्तपुरको भक्तपुर नगरपालिका–६ स्थित डेकोचाबाट प्रहरीले बलात्कार आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–४ मैदी घर भएका २२ वर्षीय राज परियार छन् ।   

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शनिबार राति उनलाई पक्राउ गरिएको भक्तपुर परिसरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । १५ वर्षीया किशोरी र राजु गाउँबाट काठमाडौंम आएर लिभिङ टुगेदर बस्न थालेका थिए ।उमेर नपुगेका कारण विवाह गर्नेबारे असमझदारी भएपछि किशोरीका परिवारले उनीविरुद्ध बलात्कारको उजुरी दिएका हुन् ।  

प्रतिक्रिया दिनुहोस