भारतमा ६ दिनमै पाँचपटक पेट्रोल र डिजेलको मूल्यवृद्धि

सफल खबर संवाददाता

आइतबार, १३ चैत्र २०७८, १३ : ०८
भारतमा ६ दिनमै पाँचपटक पेट्रोल र डिजेलको मूल्यवृद्धि

काठमाडाैं । भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको छ। आइतबार पेट्रोलमा प्रतिलिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रतिलिटर ५५ पैसा बढेको छ।

यससँगै दिल्लीमा पेट्रोल प्रतिलिटर मूल्य भारु ९९ दशमलब ११ पैसा भएको छ।त्यस्तै डिजेल प्रतिलिटर मूल्य भारु ९० दशमलब ४२ पैसा पुगेको छ। यसअघि पेट्रोल प्रतिलिटर भारु ९८ दशमलब ६१ र डिजेल प्रतिलिटर भारु ८९ दशमलब ८७ थियो।

मूल्यदर देशभर बढेको छ र स्थानीय करका आधारमा राज्यअनुसार मूल्य फरक फरक छ। पछिल्लो पटक २२ मार्चमा मूल्यवृद्धि भएको थियो। यसअघि चारै पटक प्रतिलिटर पेट्रोल तथा डिजेलमा ८० पैसा बढाइएको थियो।

 

प्रतिक्रिया दिनुहोस