देशकै अग्रणी स्टिल उत्पादक कम्पनीले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । जगदम्बा स्टिलका उत्पादनहरु, जगदम्बा सुपर शाइना र ग्याल्भा+ रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ आपूर्ति हुन थालेको छ ।
जगदम्बा ग्याल्भा+को प्राथमिक फाइदा यसको खिया प्रतिरोधात्मक विशेषता हो । जगदम्बा ग्याल्भा+ एन्टी–कोरोजन प्रविधि सहित निर्माण गरिएको हो जसले पाताको प्रारम्भिक क्षति रोक्दछ र यसलाई टिकाउ बनाउँछ । एल्युमिनियमको प्रयोगले कोटिङको खिया प्रतिरोधात्मक क्षमता दुई गुणाले वृद्धि गर्दछ । अन्य कोटिङ प्रविधिहरूको तुलनामा एल्युमिनियम–जिंक कोटिङ भएको जगदम्बा ग्याल्भा+ उत्पादनहरूमा खिया प्रतिरोधात्मक क्षमता अझ उच्च हुन्छ जसले जसतो प्रतिकूल मौसममा पनि दीर्घकालिन सुरक्षा प्रदान गर्दछ । भारी वर्षा, उच्च आर्द्रता, चिसो वा हिउँ पर्ने ठाउँ वा तातो क्षेत्र जुनसुकै प्रकारको मौसम सामना गर्ने क्षमता जगदम्बा ग्याल्भा+मा रहेको हुन्छ । उच्च आर्द्रता भएको क्षेत्रमा ग्याल्भा+ले सबैभन्दा मजबुत सुरक्षा प्रदान गर्दछ ।
जगदम्बा ग्याल्भा+ले पातामा अधिक तौल थप्दैन र उच्च मजबुती र वजन अनुपात कायम राख्दछ । स्टील जत्तिकै यसको कोटिङ पनि कडा र टिकाउ हुन्छ । जगदम्बा सुपर शाइन, प्रिमियम रंगद्वारा कोटिङ गरिएका पाताहरूले उत्कृष्ट रंग प्रविधि (सुपिरियर पेन्ट टेक्नोलोजी) प्रयोग गर्दछ जसले थप सुरक्षा प्रदान गर्दछ । उक्त पेन्ट प्रविधिले पेन्ट फुट्न र चर्किनबाट रोक्दछ। अन्य कम्पनीका साधारण पेन्ट कम समयमै फिका हुँदै जान्छ र १–२ वर्षमा छाना पुरानो देखिन थाल्छ । यस प्रविधिले धेरै वर्षसम्म छानालाई नयाँ राखी घरलाई अतिरिक्त सौन्दर्य प्रदान गर्ने सुनिश्चित गर्दछ ।
ग्राहकहरूमाझ गुणस्तरीय उत्पादन पु¥याने उद्देश्यले जगदम्बा ग्याल्भा+ विस्तृत गुणस्तर परीक्षणहरूको माध्यमबाट प्रशोधन गरिन्छ । जगदम्बा सुपरशाइनको सतहमा एक सुरक्षात्मक “गार्ड फिल्म“को प्रयोग गरिएको हुन्छ जसले गर्दा ढुवानी र भण्डारणको समयमा सम्भावित क्षतिलाई रोक्छ। पर्यावरण मैत्री सामग्री एवं पर्यावराण मैत्री उत्पादन प्रक्रिया मार्फत जगदम्बा ग्याल्भा+ र जगदम्बा सुपर शाइन उत्पादन हुन्छ ।
ग्याल्भा+को प्रयोग निर्माणमा छत, क्लेडिङ, संरचनात्मक सेक्सन, प्यानल आदिमा प्रयोग गरिन्छ भने विद्युतीय उपकरण जस्तै वाशिङ मेशीन, फ्रिज, टोस्टर, माइक्रोवेभ आदिमा पनि प्रयोग गरिन्छ । साथै अन्य कार्यहरू जस्तै एयर डक्ट, लाइटिङ, कम्प्युटर केसिङ आदिमा प्रयोग हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ चैत्र २०७८, १२ : ०७
लेखकबाट थप