बुबाको काजकिरियामा बसे ६ छोरी

सफल खबर संवाददाता

शनिबार, १२ चैत्र २०७८, १५ : ५५
बुबाको काजकिरियामा बसे ६ छोरी

काठमाडौँ ।  पूर्वखोला गाउँपालिका–२ जल्पामैदानका छ छोरीले बुबाको काजकिरिया गरेर समाजको पुरानो संस्कार तोडेका छन्।

स्थानीय रेवत हिस्कीको ६७ वर्षको उमेरमा निधन भएपछि उनका छ वटा छोरीले छोरासरह नै हिन्दु संस्कारअनुसार काजक्रिया गरिरहेका छन्। दिलमाया, तेजमाया, प्रेमकुमारी, मनकुमारी, खेमकुमारी र सिर्जना हिस्की सेतो वस्त्रमा छोराको जिम्मेवारी निभाउँदै काजक्रिया गरेका हुन्।

एकातिर शिक्षा र चेतनाको कमीले बुबाआमाको मृत्युपश्चात् काजकिरिया छोरा नै चाहिन्छ भन्ने पुरानो चलन छ भने विस्तारै मानिस पनि शिक्षित बन्दै गएपछि छोरा सरह नै छोरीले जिम्मेवारी पूरा गर्नकाजकिरिया बसेको साहिँली छोरी प्रेमकुमारी बताइन्।

छ दिदीबहिनीका एक भाइको १० वर्षको उमेरमा लडेर मृत्यु भएको थियो। रेवतको गत चैत ७ गते राति सुतेको समयमा अचानक मृत्यु भएको थियो। 

प्रतिक्रिया दिनुहोस