काठमाडौँ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले पहिलो पटक मेची महाकाली मोटर ¥याली आयोजना गरेको छ। मोटर र्यालीको मूल नारा ‘आन्तरिक पर्यटनको लागि सबै सँगै’ रहेको छ।
र्यालीले आपसी भाइचारा र आन्तरिक पर्यटनमा सहयोग पुग्ने उद्देश्य राखिएको छ। मार्च २४ देखि २८ सम्म हुने र्यालीमा विभिन्न च्याप्टरहरुबाट ९० भन्दा बढी सदस्य तथा युवा उद्यमीहरु सहभागी भएका छन्।
नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले बोर्डको केन्द्रीय कार्यालयमा झण्डा हल्लाएर मोटर र्यालीको उद्घाटन गरेका थिए।एनवाईईएफका अध्यक्ष उदीप श्रेष्ठका अनुसार आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न मोटर र्याली देशव्यापी रुपमा आयोजना गरिएको जानकारी दिए।
मोटर र्यालीले व्यापार व्यवसाय उजागर गर्न अवसर तथा स्थान उपलब्ध गराउने बताउँदै उनले व्यवसायीलाई पुनर्ताजगी हुन र स्थानीय संस्कृतिलाई प्रचारप्रसार गर्न यसले बल पुर्याउने सुनाए।देशका विभिन्न स्थानहरु चिनाउ र सबै च्याप्टरका पदाधिकारीहरुबीच भेटघाट तथा भ्रमण गराउन र्याली आयोजना गरिएको उनको भनाइ छ।
मोटर र्यालीका सहभागी काठमाडौँ, ललितपुर, पोखरा भएर चितवनमा जम्मा हुनेछन्। त्यसैगरी विराटनगर, सुनसरी, जनकपुरबाट आएको टोली अमलेखगञ्जमा जम्मा हुनेछन्।
मार्च २९ मा बर्दिया पुगेर मोटर र्यालीको विधिवत समापन हुने मञ्चले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ चैत्र २०७८, १५ : ३६
लेखकबाट थप