चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारामा काँकडभिट्टाबाट काठमाडौँतर्फ गइरहेको बा ५ ख ७९४२ नम्बरको यात्रुबहाक बस बिहान करिब ९ः२० बजेतरि अनियन्त्रित भई पल्टिँदा ३८ जना घाइते भएका छन् ।
तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।सम्पर्कमा आएका घाइतेमध्ये २५ जनाको फिस्लिङस्थित स्थानीय पोलिक्लिनिकमा उपचार भईरहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।
उनीहरूको अवस्था सामान्य छ । बस चालकसहित ६ जनाको चितवनको पूरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । एक जनाको अवस्था गम्भीर छ भने चालकको अवस्था मध्यम छ ।
पाँच जनालाई उपचारको लागि ललितपुरस्थित बीएण्डबी अस्पताल लगिएको छ । पाँचमध्ये दुई जनाको अवस्था गम्भीर, तीन जनाको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको बुझिएको उनले बताए ।सडकमा पल्टिएको बसलाई क्रेनको सहायताले हटाएर सडक खुला गरिएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ चैत्र २०७८, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते